त्रिवि शिक्षा शास्त्रका डीन विरुद्ध अख्तियारमा उजुरी

Nagarik Sewa 4473+ समाचार ( )
१० माघ २०८१, बिहीबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका डीन प्रा.डा. बेदराज आचार्यले सरकारी नम्बर प्लेटको गाडी घरायसी काममा प्रयोग गर्दै आएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। त्रिवि संयुक्त विद्यार्थी सङ्घर्ष समितिको तर्फबाट छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

उनीमाथि सरकारी नम्बर प्लेटको गाडी निजी प्रयोजनमा लगाइरहेको भन्दै निलम्बन गरेर छानबिन गर्न माग गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वामित्वमा रहेको बागमती प्रदेश ०१ ००२ झ ५८१३ नम्बरको गाडी २०८० जेठ २८ गते त्रिवि शिक्षा शास्त्र सङ्कायलाई हस्तान्तरण गरिएको थियो ।

उक्त गाडी तत्कालीन त्रिवि ग्र्याजुएट स्कुल अफ एजुकेसनको निर्देशकको जिम्मेवारीमा रहँदा आचार्यले चढ्दै आएका थिए। अहिले उनी शिक्षा शास्त्र संकायको डीन छन् । डीन बनेपछि उनले उक्त गाडी घरमा राखेर चढ्दै आएका हुन् ।

आफैँले बुझेर त्रिविको नाममा नियमानुसार दाखिला नगरी प्राप्त गरेकै दिनदेखि आफ्नो घरायसी प्रयोजनमा लगाइएको एक उजुरीकर्ताले बताए । उक्त गाडी  घरायसी प्रयोजनमा लगाएर थोत्रो बनाइसकेको ती उजुरीकर्ताको भनाइ छ । डेढ वर्षदेखि सरकारी नम्बर प्लेटको गाडीको दुरुपयोग गर्दै आएको उनलाई पदबाट निलम्बन गरेर अनुसन्धान गर्न माग गरिएको हो । सरकारी गाडीको दुरुपयोग गरेर त्रिविको नाममा दाखिला गर्न समेत माग गरेका छन् ।

विश्वविद्यालयले प्रत्येक संकायका डीनहरूलाई गाडी सुविधा उपलब्ध गराउँदै आएको छ । सोही अनुसार डीन आचार्यले समेत विश्वविद्यालयको तर्फबाट उपलब्ध गराएको अर्को गाडी चढ्दै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार