मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

विवाहपञ्चमीका अवसारमा ३४ जोडीको मैथिली परम्परा अनुसार सामूहिक विवाह सम्पन्न

Nagarik Sewa 4519+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

जनकपुरधाम। जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिर प्रांगणमा शनिबार साँझ ३४ जोडीको सामूहिक मैथिली परम्परा अनुसार सोयम्बर तथा विवाह सम्पन्न भएको छ । विश्व हिन्दु परिषद् नेपालको आयोजनामा शनिबार राति ३४ जोडीको विवाह सम्पन्न भएको हो । 

उनीहरुको सम्पूर्ण वैवाहिक खर्च परिषद्ले व्यवस्थापन गरेको छ । परिषद्का जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार प्रत्येक जोडीको दुलहीका लागि साडी, एक सेट लेहेङ्गा, दुलहाको लागि एक सेट सर्टपेन्ट र धोती कुर्ता, प्रत्यके जोडीलाई सुनको एउटा मंगलसुत्र, दुईवटा चाँदीको औंठी, भाँडाकुडासहितको एकसेट भान्छा सेट, सुत्ने सेट, बेहुली पक्षबाट २५(२५ जनाको खाजाखाना समेत व्यवस्थापन गरेको थियो ।

२० वर्ष पुगेको नागरिकता वा जन्मदर्ताको आधारमा मात्रै उनीहरुलाई विवाहमा सहभागी गराइएको अध्यक्ष साहले बताए । यसरी एक जोडीको बिहेको व्यवस्थापनमा ७०(८० हजार रुपैयाँ खर्च भएको उनले बताए । आर्थिक सहयोग संकलन गरी खर्च जुटाउने गरिएको छ ।

त्रेता युगदेखि नै जनकपुरधाम उत्तम विवाह भूमि हो भन्ने संस्कृतिलाई प्रवद्ध गर्न विश्व हिन्दु परिषद्ले ६ वर्षदेखि विवाहपञ्चमीको अवसरमा जोडीहरुको सामूहिक विवाह आयोजन गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै