नेपालको प्रशासनिक कार्यशैली कछुवाको गतिभन्दा पनि ढिलो छः शिक्षामन्त्री पुन

Nagarik Sewa 4431+ समाचार ( )
३ पौष २०८२, बिहीबार

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैली र प्रक्रियाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोख्नुभएको छ। देशको प्रशासनिक काम गर्ने तरिका कछुवाको गतिभन्दा पनि निकै ढिलो रहेको उल्लेख गर्दै उहाँले यसले सुशासन र समृद्धिको यात्रामा अवरोध पुर्‍याएको बताउनुभएको हो । नेपालको प्रशासनिक कार्यशैली कछुवाको गतिभन्दा पनि ढिलो छः शिक्षामन्त्री पुन

आफ्नो छोटो कार्यकालमा देशको हितका लागि केही काम अगाडि बढाउन खोज्दा भोग्नुपरेका तीता अनुभवहरूलाई उहाँले सार्वजनिक गर्नुभएको छ। उहाँले कर्मचारीतन्त्रको सुस्तताले गर्दा सोचेअनुसार काम हुन नसकेको सङ्केत गर्नुभएको छ। मन्त्री पुनले सुस्त प्रशासनिक गतिलाई मात्र नभई प्रणालीभित्रै रहेका स्वार्थी समूहलाई समेत प्रहार गर्नुभएको छ। उहाँले कछुवा गतिको प्रक्रियालाई पनि बिच(बिचमा ‘कृपावादी पापी समूहुहरूले अल्झाउने गरेको आरोप लगाउनुभएको छ। यस्ता समूहहरूले गर्दा काम अगाडि बढ्न नसकेको र देशमा प्रगति र सुशासन कायम हुन कठिन भएको उहाँको तर्क छ। आफ्नो सुधारको प्रयासमा यस्ता तत्त्वहरू बाधक बनेको भन्दै उनले वर्तमान कार्यप्रणालीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार