ग्वार्कोको फ्लाइओभरमा ठोक्कियो बस : महिलाको मृत्यु, १८ जना घाइते

Nagarik Sewa 4685+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार (साउन २१) बिहान बस दुर्घटना भएको छ । बा२ख ३५९० नम्बरबको बस अनियन्त्रित भएर फ्लाइओभरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी उक्त बसमा सवार महिला ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस काठमाडौंको कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार