कपिल शर्माको क्यानडामा रहेको क्याफेमा गोली हान्ने व्यक्ती पक्राउ

Nagarik Sewa 4507+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

नयाँदिल्ली । भारतीय कमेडियन कपिल शर्माको क्यानडामा रहेको क्याफेमा गोलीबारीको षडयन्त्र रचेको आरोपमा गैंगस्टर बन्धु मान सिंहलाई पक्राउ गरिएको छ । सिंह गोल्डी ढिल्लन गिरोहका कुख्यात सदस्य हुन् । उनी विरुद्ध धेरै आपराधिक मुद्दा दर्ता छन् । दिल्ली प्रहरीको अपराध शाखाका अनुसार सिंहको साथबाट एउटा चिनियाँ पेस्तोल र कारतूस बरामद गरिएको छ । 

शुक्रबार दिउँसो दिल्ली प्रहरीले यस मामिलाको सम्बन्धमा पत्रकार सम्मेलन गर्दैछ । क्यानडामा शर्माको ‘क्याप्स क्याफे’ मा पहिलो पटक जुलाईमा र दोस्रो पटक अगस्टमा गोलीबारी भएको थियो । तेस्रो पटक दीपावली अघि शर्माको क्याफेमा गोलीबारी भएको थियो । क्याफेमा भएका अघिल्ला गोलीबारी घटनाको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको थियो । 

तेस्रो आक्रमणको जिम्मेवारी पनि त्यही गिरोहले लिएको छ । यो गिरोहले प्रायः बलिउड सेलिब्रेटीहरूलाई धम्की दिइरहन्छ । यसअघि क्यानडा सरकारले शर्माको क्याफेमा गोलीबारी गर्ने तीन अभियुक्तहरूलाई देश निकाला गर्न आदेश जारी गरेको थियो । तीनै जना आरोपी  पन्जाबका हुन् । एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै