मुख्य समाचार
मिडिया काउन्सिल विधेयक अघि बढाउँदै संसदीय समिति | रास्वपा प्रदेशसभा खारेज गर्ने पक्षमा छ :सांसद मनिष झा | नयाँ शक्तिले ५ महिने प्रशंसा अभियान चलाउने | विद्या भण्डारीको सदस्यता नवीकरण नै भएको छैन: केपी ओली | नेपालका युवाको ऐतिहासिक सफलता: इन्टरनेसनल म्याथेम्याटिकल ओलम्पियाडमा पहिलोपटक कास्य पदक | नेपाल र दक्षिण कोरियाबिच ८० लाख अमेरिकी डलर बराबरको अनुदान सम्झौता | नेकपा एस र नेकपा एकता राष्ट्रिय अभियानबिच एकता | आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने फैसला विरुद्ध सरकार सर्वोच्च अदालतमा | तोलामा २ सयले बढ्यो सुनको मूल्य | मोटरसाइकलको ठक्करबाट १ महिलाको मृत्यु |

सुनको मूल्यमा गिरावट

Nagarik Sewa 2364+ समाचार ( )
२३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं । गएका तीन दिनसम्म लगातार बढेको सुनको मूल्य आज घटेको छ। चाँदी भने आज थप महँगिएको छ।  मंगलबार, बुधबार र बिहीबार बढेको सुनको मूल्य आज घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज सुनकाे मूल्य प्रतितोला पाँचसय रुपैयाँ घटेको हो। सुनको मूल्य आज तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ कायम भएको छ। हिजो सुनकाे मूल्य प्रतितोला तीनसय रुपैयाँ बढेर एक लाख ७० हजार सातसय रुपैयाँ पुगेको थियो।  बुधबार सुनको मूल्य प्रतितोला नौसय र मंगलबार एक हजार चारसय रुपैयाँ बढेको थियो।  यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो। जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।आज चाँदीको भाउ भने बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ५ रुपैयाँ बढेर १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार