सबै मिलेर राष्ट्रिय हितमा काम गर्नुपर्ने अवस्था छ : प्रचण्ड

Nagarik Sewa 4806+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रको हितमा काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको भन्दै उनले सबैले राष्ट्रिय हितमा काम गर्नुपर्ने बताए । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले   सरकारको लक्षण राम्रो नदेखिएको टिप्पणी गरे । ''अहिले सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ । सरकारको लक्षण राम्रो देखिएको छैन । तर हामीले फेरि अझ जिम्मेवार भएर राष्ट्रका निम्ति काम गर्नुपर्ने आवश्यकता छ,'' उनले भने । 

राज्यका हरेक क्षेत्रमा सचेत नागरिक र जिम्मेवार निकायले राष्ट्रिय हितका लागि काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार