अब शिक्षकले प्रत्येक ५ वर्षमा पुनर्ताजगी तालिम लिनुपर्ने

Nagarik Sewa 4431+ समाचार ( )
१५ आश्विन २०८२, आइतबार

काठमाडौं। आइतबार बसेको शिक्षा समिति बैठकमा शिक्षकहरूले पाठ्यक्रम परिवर्तन हुँदा वा प्रत्येक ५ वर्षमा शिक्षकले पुनर्ताजगी तालिम लिनेगरी शिक्षा समितिमा सहमति भएको छ। 

बैठकमा सभापति अम्मरबहादुर थापाले शिक्षकको तालिम र लाइसेन्स लिनुपर्ने व्यवस्था प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा समिति सदस्यहरूले सहमति गरेका हुन्। शिक्षक बन्नका लागि अनुमति लिनुपर्ने व्यवस्था शिक्षा उपसमितिले गरेको थियो। सोही अनुसार समिति सदस्यहरूले सहमति जनाएका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार