तोलामा ५७ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4343+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको महासंघले जनाएको छ । 

आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८१ हजार १०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार