मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

Nagarik Sewa 4670+ समाचार ( )
२७ पौष २०८१, शनिबार

काठमाडौं । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते छन् ।

शनिबार दिउँसो स्कार्पियो र कार एकापसमा ठोक्किँदा कारका चालक हेटौँडा उपमहानगरपालिका–४, स्कुलरोडका ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा१६च ८३२४ नम्बरको कार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ मा ठोक्किँदा दुर्घटना भएको हो ।

कारका तीन र स्कार्पियोमा सवार १० जना गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिनुभयो । घाइते अधिकांशको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको उहाँले बताउनुभयो । स्कार्पियोका चालकको पहिचान खुल्न सकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइतेको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै