काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद् अवरोध गर्दै आएका विपक्षी दलहरू तीनबुँदे निष्कर्ष तयार पारी सभामुखसँग छलफल गर्दै छन् । आपसमा माग तय गरेपछि उनीहरू सभामुख देवराज घिमिरेसँग छलफलमा गएका छन् ।
रास्वपाका अनुसार आज बिहान नेकपा माओवादी केन्द्र, रास्वपा र नेकपा एकीकृत समाजवादी पार्टीबीच भएको छलफलमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने निष्कर्ष निकालिएको छ ।