तोलामा ७ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4392+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा ७ सय रूपैयाँले घटेको हो । 

मङ्गलबार तोलामा १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ७ सय रूपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार