मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

इजरायली सेनाको आक्रमणमा परी ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

Nagarik Sewa 4669+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

एजेन्सी । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित  कम्तीमा १५ जनाको मृत्यु भएको छ । गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ ।

गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस(एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।

हमासले सञ्चालन गरिरहेको नागरिक सुरक्षा समितिका अनुसार सुरुवाती आक्रमणमामा कयौं मानिस मारिएका थिए । त्यसपछि उद्धारका लागि पुगेको टोलीमाथि पुन: इजरायली सेनाले आक्रमण गर्दा थप मानिसको मृत्यु भयो । इजरायली सेना र प्रधानमन्त्री कार्यालयले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा गाजाको दक्षिणी क्षेत्रको मुख्य नासेर अस्पतालमा धुँवा उडिरहेको देखिन्छ । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरापर्सन हुसाम अल–मसरीको मृत्यु पुष्टि गरेको छ ।

मृत्यु हुने अन्य पत्रकारमा अल जजीरामा कार्यरत मोहम्मद सलामेह, एपीमा कार्यरत मरियम अबू दका र अमेरिकी टेलिभिजन एनबीसीमा कार्यरत फोटोग्राफर मुआथ अबू ताहा रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार