बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई

Nagarik Sewa 4695+ समाचार ( )
३१ असार २०८२, मङ्गलबार

काठमाडौं। बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ। मन्त्रिपरिषद्ले छानबिन समिति बनाएसँगै शरद ओझा स्वतः निलम्बनमा परेसँगै अर्को व्यवस्था नभएसम्मका लागि प्राधिकरणको अध्यक्षको जिम्मेवारी पोखरेललाई तोकिएको हो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझामाथि छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेसँगै ओझा निलम्बनमा परेका थिए । प्राधिकरणका अध्यक्ष रिक्त हुँदा तत्कालको लागि अर्थ मन्त्रीले निर्णय गरी पठाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै पोखरेललाई जिम्मेवारी दिएर पठाइएको अर्थ मन्त्रालयले जनाएको छ । 

सोमबार साँझ मन्त्रिपरिषद् बैठकलगत्तै अर्थमन्त्रीले सो जिम्मेवारीसम्बन्धी निर्णय गर्नुभएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार