सभामुख घिमिरद्वारा सदनको अवरोध हटाउने बैठक आह्वान

Nagarik Sewa 4501+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

काठमाडौं। सदनको अवरोध हटाउने र बजेटमाथिको छलफलको समय निर्धारणका लागि छलफल गर्न सभामुख देवराज घिमिरले संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकहरूको बैठक बोलाउनुभएको छ।

शुक्रबार ११ बजे मुख्यसचेतक र प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सभामुख घिमिरेले शुक्रबार मध्याह्न १२ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाउनुभएको छ । 

विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै सदन अवरोध गर्दै आएका छन् । यद्यपि उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बजेट पेस गर्न दिए पनि अन्य काम–कारबाहीका लागि सदन चल्न नदिने बताउँदै आएका छन् ।b

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार