काठमाडौं । सुरक्षित इन्टरनेट दिवस, २०२५ को सन्दर्भमा भ्वाइस अफ चिल्ड्रेन र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एन्ड टेलिभिजन आइवर्टद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अनलाइन हिंसाबाट प्रभावित महिला र बालबालिकाको तथ्याङ्क सार्वजनिक गरिएको छ ।कार्यक्रममा अनलाइन हिंसाबाट प्रभावित महिला र बालबालिकाको तथ्याङ्क सार्वजनिक गरिएको हो।
साेही क्रममा महिला आयोगकी अध्यक्ष कमला पराजुलीले महिला संग संगै बालबालिका पनि अनलाईन दुर्व्यवहारबाट प्रभावित भइरहेको बताउँदै त्यसलाई न्यूनिकरण गर्न एकजुट हुनुपर्नेमा जोड दिइन् । यस्तै नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले अनलाईन मार्फत हुने यस्ता खालका दुर्व्यवहार जन्य घटनाहरुको न्यूनिकरणको लागि सरकारी क्षेत्र संग संगै प्रत्येक व्याक्ति, अभिभावकहरु पनि सचेत हुनुपर्ने जोड दिइन् । कार्यक्रममा अन्य सहभागिहरुले पनि डिजिटल शिक्षाको बारेमा सबैलाई जानकारी हुनुपर्नेमा जोड दिएका थिए ।
दुर्व्यवहारका घटना बढ्दै
नेपाल प्रहरीको साईबर व्यूरोको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०८०/०८१ मा ६३५ जना बालबालिका साइबर अपराधमा परेको भनि उजुरी दर्ता गराएका छन् । जसमा २५३ बालक रहेका छन् भने ३८२ बालिका रहेका छन् । यस्तै १८ बर्ष भन्दा माथिका महिलाहरुको ८ हजार ७ सय ४५ जना रहेका छन् । नेपालमा भएका ८१ प्रतिशत भन्दा बढि अनलाईनका घटनाहरु फेसबुकमार्फत हुने गरेको तथ्याङ्कले देखाएका छ ।
भ्वाईस अफ चिल्ड्रेन र केएनएच जर्मनीले ५१४ जना बालबालिका, परिवार तथा बालसंरक्षण र बालन्यायसंग सम्बन्धित सरोकारवाला संग गरेको अध्ययन अनुसार १३ बर्ष देखि १८ बर्ष उमेर समूहका ९५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालन० मध्य ९७ प्रतिशत ईन्टरनेटको पहुँचमा छन् । जसमा बालिकाहरु मध्य ३८।६० प्रतिशत ले यौनजन्य सन्देशहरु, ३४ प्रतिशतले अश्लील फोटाहरु, १३।६० प्रतिशतले अश्लील लिङ्क र भिडियोहरु आएको तथा ६।८० प्रतिशतले अनलाईनबाट अन्य दुव्र्यवहार र शोषणमा परेको बताएका छन् ।
बालकहरुमा ३२।३० प्रतिशतले यौनजन्य सन्देशहरु, २९।२० प्रतिशतले अश्लील फोटाहरु, १५।४० प्रतिशतले अश्लील लिङ्क र भिडियोहरु आएको तथा ६।२० प्रतिशतले अनलाईनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन् । अध्ययनमा सहभागी अभिभावकहरु मध्ये ९९ प्रतिशतले आफुहरु ईन्टरनेटको सुविधा भएको, अनलाईन बालयौन दुर्व्यवहारबारे जानकारी भएपनि कानूनी प्रावधानहरु, उजुरी प्रक्रिया, ईन्टरनेट सेवा प्रदायकहरुको भूमिका, डिजिटल साक्षरता, अभिभावकीय शिक्षा जस्ता बिषयहरुमा जानकारी नै नभएको बताएको पाइएको छ ।