काठमाडौं। नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलन १०औं दिन पनि जारी छ । माइतीघरदेखि बिजुली बजार पुलसम्मको सडकमा उनीहरूले सरकारलाई माग पूरा गराउन दबाब दिइरहेका छन् ।
बिहीबार सरकारसँग भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन बनेका कारण उनीहरूले २० चैतदेखिको आन्दोलनलाई जारी राखेका हुन् ।
महासंघले विगतमा भएको सहमति कार्यनयन गर्दै विद्यालय शिक्षा ऐन जारी गर्न भनेको छ । उनीहरूले विशेष अधिवेशन वा बर्खे अधिवेशन तत्काल बोलाएर वा अध्यादेशबाट माग सम्बोधन गर्नुपर्ने अडान राखेका छन् ।
‘ऐन जारी नभएसम्म आन्दोलन रोकिँदैन भन्यौं । अब ऐन जारी गर्ने वातावरण बन्यो भने मात्र वार्तामा आउँछौ भनेका छौं,’ पराजुलीले भनिन्, ‘आन्दोलन गर्नु हाम्रो रहर होइन बाध्यता हो ।’