रसुवाको बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौं शिक्षण अस्पताल ल्याइदै

Nagarik Sewa 4431+ समाचार ( )
२५ आश्विन २०८२, बुधवार

काठमाडौं। रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरूको शव र मानव अङ्ग काठमाडौं ल्याउन लागिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–चीन सीमाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर  ९ जनाको मृत्यु भएको छ । तीमध्ये एकजनाको मात्रै सनाखत भएको छ । बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् ।

शव पोस्टमार्टमका गर्न त्रिवि शिक्षण अस्पतालमा पठाउन लागिएको बागमती प्रदेशका डीआईजी अरुण पौडेलले बताए । उनले भने, ‘शव र मानव अङ्गहरू फरक ठाउँमा भेटिएका छन्, सबैलाई त्रिवि शिक्षण अस्पताल पठाउँदै छौँ ।’ 

उद्धारमा खटिएका प्रहरीका असई लाल बहादुर श्रेष्ठको मात्रै सनाखत भएको छ। उनको शव चितवनको भरतपुर नगरपालिका–२९ स्थित १५ किलोमा भेटिएको थियो । अन्यको सनाखत हुन नसकेको र केहीको हात र खुट्टाको भागमात्रै भेटिएको छ। 

खोज तथा उद्धारका लागी डीआईजी पौडेल र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदी रसुवाको स्याफ्रुमा छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै