बाढीपीडितलाई सुरक्षित बसोबासको प्रबन्ध छिट्टै हुन्छ : प्रधानमन्त्री बालेन

Nagarik Sewa 4806+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपीडितको अस्थायी बसाइ छोट्याउँदै सुरक्षित बसोबासको प्रबन्ध छिट्टै हुने बताएका छन् । शनिबार सामाजिक सञ्जालबाट विपद् व्यवस्थापनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् । 

''हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हृदयदेखि महसुस गरेका छौँ। हजुरहरूले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,'' उनले भनेका छन् ,''अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउनेछौँ ।'' 

बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर-१० बेत्रावतीबाट सशस्त्र प्रहरी बल, नेपाल र  नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिंगो देशलाई नै आशा दिएको उनले बताए । उक्त खबरले खोज तथा उद्धारमा सरकार अझै डटेर लागेको सन्देश प्रवाह गरेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै