मुख्य समाचार
एकीकृत समाजवादीप्रति आकर्षण बढ्ँदो: बुटवलमा विभिन्न पार्टी परित्याग गरि एसमा प्रवेश | निरोज तोलाङ्गगे अध्यक्षतामा समाजवादी प्रेश संगठन ललितपुरको नयाँ कमिटी चयन | टी २०आई शृंखलाको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७ विकेटले पराजित | माघ २७ मा बस्नेगरी प्रतिनिधि सभाको बैठक स्थगित | कर्खा गायक लालबहादुर गन्धर्वको निधन | राजकुमार एडवार्डद्वारा ब्रिटिश सेनामा नयाँ भर्ती भएकालाई पद तथा गोपनीयताको शपथ | सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक | घरबेटीद्वारा डेरावाल बुढाथोकीको हत्या | तोलामा ४ सयले घट्यो सुनको मूल्य | परराष्ट्रमन्त्री राणाद्वारा विपिन जोशी रिहाइका लागी इरानका विदेशमन्त्रीसँग फोनवार्ता |

२० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मी परिचयपत्र

Nagarik Sewa 980+ समाचार ( )
२९ पौष २०८१, सोमबार

काठमाडौं। चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका ९७ जना चलचित्रकर्मीलाई चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । सोमबार चलचित्र विकास बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र प्रदान गरेका हुन् । 

उक्त अवसरमा अध्यक्ष डिसीले परिचयपत्र चलचित्रकर्मीहरूको पहिचान, सुरक्षा र सम्मान सुनिश्चित गर्न महत्त्वपूर्ण कदम भएको बताए । ‘यो कदमले चलचित्रकर्मीको पेसागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ’, उनले भने ।

परिचयपत्र वितरण कार्यक्रमले चलचित्रकर्मीहरूलाई पेसागत पहिचान मात्र होइन, कानुनी सुरक्षा, सरकारी सेवा र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्वको अवसर पनि प्रदान गर्ने लक्ष्य बोर्डको छ । यसले चलचित्रकर्मीहरूको डाटाबेस निर्माण गर्न सहयोग पुग्ने र चलचित्र उद्योगको व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा बोर्डको हो ।

चलचित्रकर्मीहरूको सामाजिक सम्मान वृद्धि, फिल्म निर्माण तथा सुटिङका लागि सहजीकरण र सामाजिक सुरक्षा योजनामा सहभागी गराउने पहलका लागि परिचयपत्र महत्त्वपूर्ण मानिन्छ । 

प्रतिक्रिया

fuzz4321@gmail.com २९ पौष २०८१, सोमबार

Frawle

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार