सुनको मूल्यमा वृद्धि

Nagarik Sewa 4431+ समाचार ( )
२ भाद्र २०८२, सोमबार

काठमाडौं । बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको हो।  आइतबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ९६ हजार तीन सय रूपैयाँ पुगेको हो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला २३ सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला २३ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला पाँच रूपैयाँले बढेको हो। 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ३८.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार