तिहारमा विद्युत्‌को माग घट्ने

Nagarik Sewa 4175+ समाचार ( )
४ कार्तिक २०८२, सोमबार

काठमाडौं । यस वर्षको तिहारमा विद्युत्‌को माग घट्ने भएको छ । तिहारका बेला औद्योगिक क्षेत्र बन्द हुने भएकाले विद्युत् माग घट्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, पछिल्ला केही वर्षयता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ ।

उनका अनुसा, विगतका वर्षहरूमा तिहारका बेला घरायसी प्रयोग बढ्ने भएकाले विद्युत् खपत पनि बढ्थ्यो । तर, अहिले उद्योग, होटेल, रेस्टुरेन्ट र अन्य व्यावसायिक क्षेत्र पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने अनुमान प्राधिकरणको छ ।

यद्यपि, विद्युत् मागअनुसार पर्याप्त उपलब्ध गराउने अवस्था रहेको सिलवालले बताए । "अरू दिनको भन्दा तपाईंलाई अचम्म लाग्ला । पहिले तिहारमा बढ्थ्यो, अहिले तिहारमा डिमान्ड घट्छ । यसको कारण तिहारमा इन्डस्ट्रीहरू बन्द हुन्छन् । त्यसकारणले हो । होटेल र रेस्टुरेन्टहरू पनि चलपल हुँदैन । त्यसैले तिहारमा सामान्यतया माग घट्छ," उनले भने ।

सिलवालका अनुसार, तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै प्राधिकरणले विद्युत् आपूर्तिका सबै तयारी अगाडि बढाइसकेको छ । नियमित विद्युत् आपूर्तिका लागि कर्मचारीहरू पूर्णरूपमा खटिनेछन् । प्राधिकरणले पर्वको समयमा आपूर्ति स्थिर राख्न वितरण लाइन, सबस्टेसन र मर्मत कार्यहरूमा आवश्यक पूर्वतयारी अघि बढाइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार