संसदमा २ वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदै

Nagarik Sewa 4889+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

काठमाडौं। प्रतिनिधि सभा बैठकमा २ वटा संसदीय समितिका प्रतिवेदन पेस हुँदैछन्। बिहीबार बस्ने बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ। 

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१र०८२’ पेस गर्नेछिन्। यसका साथै, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार