काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनमा योगदान गर्नेहरू नै विपद् प्रतिकार्यका लागि जिम्मेवार हुनुपर्ने बताएका छन् ।
मंगलबार फेसबुकमार्फत विपद् व्यवस्थापनबारे ब्रिफिङ सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । ''जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो,'' उनले भनेका छन् ।
भटेकोशीमा आएको बाढी पनि जलवायु परिवर्तनका कारणले भएको उनले बताएका छन् । “जलवायु परिवर्तनले हिमालय क्षेत्रको तापक्रम १.८ डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएकामा शंका छैन,'' उनले भनेका छन् ।
प्रधानमन्त्री शाहले विनाशकारी बाढीपछि खोज, उद्धार र राहत वितरणबाट अगाडि बढ्दै पुनर्स्थापना अग्रसर भइरहेको समेत उल्लेख गरे।
साथै प्रभावित क्षेत्रका नागरिकको जीवनरक्षा गर्दै उहाँहरूको स्वास्थ्य बचाउन आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापना लागेको उनको भनाइ छ ।