मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

अध्ययन तथा असाधारण बिदामा बसेका कर्मचारीलाई ३ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम

Nagarik Sewa 5112+ समाचार ( )
२२ जेठ २०८३, शुक्रबार

काठमाडौं। सरकारले अध्ययन तथा असाधारण बिदामा बसेका, तर बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र सम्पर्कविहीन भएका कर्मचारीहरूलाई कारबाहीको चेतावनी सहित ३ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना निकाल्दै बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्किएका र व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नगरेका कर्मचारीलाई अल्टिमेटम दिएको हो।

कानुन बमोजिम अध्ययन वा असाधारण बिदा लिएका केही निजामती कर्मचारीहरू बिदा सकिएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कमा नरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ। आफ्नो अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएको भए ३ दिनभित्र अनिवार्यरूपमा अद्यावधिक गराउन भनिएको छ।

सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयहरूलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको विवरण, बिदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भएरनभएको अवस्था तथा अन्य आवश्यक किताबखानासँग समन्वय गरी यकिन गर्न र तीन दिनभित्र अद्यावधिक गराउनुपर्ने सूचनामा लेखिएको छ। सहसचिव एवं प्रवक्ता एकदेव अधिकारीद्वारा जारी सूचनामा लामो समयदेखि सम्पर्कविहीन कर्मचारीको कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार