थाइल्यान्डले सुरु गर्यो कम्बोडियामाथि हवाई आक्रमण

Nagarik Sewa 4387+ समाचार ( )
२३ मंगशिर २०८२, सोमबार

काठमाडौं । थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरु गरेको छ । कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरिएको थाइल्यान्डको सेनाले जनाएको छ ।बीबीसीका अनुसार थाइल्यान्ड र कम्बोडियाको विवादित सीमा क्षेत्रमा यो आक्रमण भएको हो ।

स्थानीय समयअनुसार सोमबार बिहान आफ्नो सेनाको एक टुकडीमाथि कम्बोडियाबाट फाइरिङ सुरु भएको थाइल्यान्डको सेनाले जनाएको छ । उक्त आक्रमणमा आफ्ना एक सैनिक मारिएका र अन्य आठजना घाइते भएका थाइल्यान्डले जनाएको बीबीसीले उल्लेख गरेको छ । उता कम्बोडियाले भने थाइल्यान्डले आक्रमण सुरु गरेको दाबी गरेको छ । यद्यपि, आफूहरूले उक्त आक्रमणको जवाफ नदिएको कम्बोडियाले जनाएको छ ।

दुवै देशले एक-अर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा मलेसियाको मध्यस्थतामा थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम भएको थियो ।यही वर्षको जुलाईमा दुई देशबीच पाँच दिनसम्म आक्रमण-प्रत्याक्रमण भएको थियो । जसमा परी कम्तिमा ४८ जना मारिएका थिए भने करिब ३ लाख विस्थापित भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार