मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने

Nagarik Sewa 1242+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एशोसिएशनले फागुन १६ र १७ गते बेस्ट वेस्टन प्लस होटलमा हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै एशोसिएशनका अध्यक्ष सुवास न्यौपानेले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो । महाधिवेशन निजी विद्यालयसँग जोडिएका नीतिगत एवं व्यवहारिक मुद्दाहरु तथा समसामयिक विषयवस्तुप्रति विशिष्ट ढंगले छलफल गरी निकास दिनेमा केन्द्रित हुने अध्यक्ष न्यौपानेको भनाइ छ ।

राष्ट्रिय शिक्षा प्रणालीलाई थप टेवा पुग्नेगरी निजी विद्यालय र सरकारबीच कतिपय मुद्दाहरुमा देखिएका असमझदारीलाई समेत निराकरण गर्दै अगाडि बढ्न महाधिवेशनले स्पष्ट दिशा निर्देशन गर्ने अध्यक्ष न्यौपानेले विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष न्यौपानेले मुलुकले नयाँ शिक्षा ऐन पाउन नसक्नु दुःखको विषय भएको बताउनुभयो । प्रविधिको विकाससँगै शिक्षा क्षेत्र पनि अघि बढ्नुपर्ने तर नेपालको शिक्षा नीति ५३ वर्ष पुरानो रहेको जिकिर गर्नुभयो ।

अध्यक्ष न्यौपानेले राष्ट्रिय महाधिवेशनले शिक्षा क्षेत्रमा देखिएका समस्याहरुको बारेमा समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार