मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

ललितपुर सिटी एफसी लगातार दोस्रोपटक च्याम्पियन

Nagarik Sewa 4670+ समाचार ( )
१३ वैशाख २०८२, शनिबार

काठमाडौं । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार (वैशाख १३) पोखरा थन्डर्सविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै लगातार दोस्रोपल्ट च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ललितपुरलाई जित दिलाउन इमोह इजेकेल र पापा केबेले गोल गरे । पोखराका सुदील राईले गोल गरे पनि टिमको हार टार्न सकेनन् । 

खेलको ४२औँ मिनेटमा इमोहले गोल गरेपछि ललितपुरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६४औँ मिनेटमा सुदीलको गोलमा पोखरा खेलमा फर्कियो । तर, ७४औँ मिनेटमा केबेले गोल गर्दै ललितपुरलाई पुनः २–१ को अग्रतामा राखेका थिए । केबेको यही गोल निर्णायक बनेपछि ललितपुरले लगातार दोस्रोचोटि उपाधि चुमेको हो ।

भाटभटेनी सुपरमार्केटको स्वामित्वमा रहेको ललितपुरले सन् २०२३ मा सम्पन्न प्रतियोगिताको दोस्रो संस्करणको फाइनलमा धनगढी एफसीलाई हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै