अनेरास्ववियुको अध्यक्षमा दुई जनाबिच प्रतिस्पर्धा हुने

Nagarik Sewa 4431+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

काठमाडौं। कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । 

खुल्ला उपाध्यक्षमा भरत धामी, धमेन्द्र केसी, विकास श्रेष्ठ, राजकुमार ढकाल र रोहित बमको उम्मेदवारी परेको छ। भने महिला उपाध्यक्षमा अञ्जना सिवाकोटी, आरती भट्टराई, सुनिता धिताल र भवानी बजगाईँको उम्मेदवारी परेको छ । 

त्यस्तै महासचिवमा समेत ३ जनाको उम्मेदवारी परेको छ । महासचिवमा दीपक धामी, आरके रोमस, र सुनिल कँडेलको उम्मेदवारी परेको हो । धामी डाक्टर कडरिया प्यालनबाट उम्मेदवार बनेका हुन् । दुई अध्यक्षका दाबेदार कडरिया र धामी एउटै प्यानलबाट अध्यक्ष र महासचिवका उम्मेदवार बनेका हुन् । उपमहासचिव पदमा कमल जोशी, अमर शाही, र प्रेमिका शाहीको उम्मेदवारी परेको छ भने सचिवमा धेरैले उम्मेदवारी दिएका छन् । 

मदन भण्डारी, राजेश ओली, रक्षा बम, मनोज राई, गोपाल नेपाल, धर्मराज तिमिल्सेना, अनुप लामिछाने, स्मृति बराल, रेखा न्यौपाने, नीरज पौडेल लगायतले उम्मेदवारी दिएका हुन् ।

अनेरास्ववियुको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न एमालेको उच्च तहबाट निर्देशन आएको थियो । सोही आधारमा अध्यक्ष मण्डलले सहमति अनुसार अध्यक्षमा डाक्टर कडरियालाई अघि सारेको थियो । उक्त प्रस्तावको विरोध गर्दै पौडेल, धामी लगायतले विरोध गर्दै नाराबाजी गरेका थिए । चुनावको माग गर्दै होहल्ला र नाराबाजी गरेपछि निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको थियो । आज मतदान बिहान १० बजेदेखि ५ बजेसम्मको मतदानको समय तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै