तोलामा ९ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4598+ समाचार ( )
२२ असार २०८३, सोमबार

काठमाडौं। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ९ सय र चाँदीको २५ रुपैयाँ घटेको हो।

मूल्य घटेसँगै सोमबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ। यसअघि आइतबार सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार तीन सय रुपैयाँ रहेको थियो। यता, आइतबार प्रतितोला चार हजार छ सय पाँच रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ चार हजार पाँच सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार