तोलामा ६ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4851+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। चाँदीको मूल्यमा हल्का वृद्धि भएको छ। सोमबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँ कायम भएको छ।  

यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार