कोशी प्रदेशसभा स्थगित

Nagarik Sewa 4576+ समाचार ( )
१६ असार २०८३, मङ्गलबार

काठमाडौं। कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ। कोशी प्रदेश बजेटलाई लिएर सत्तारुढ र असन्तुष्ट सांसदहरूबिचको विवाद समाधान हुन नसक्दा प्रदेशसभा बैठक पुनः स्थगित भएको हो।

कोशी प्रदेशसभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव सुदर्शन खड्काले बताए। प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि आगामी असार १८ गते दिउँसो १ बजे बस्ने समय निर्धारण गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार