एन्फाको कार्यालय अगाडि ए डिभिजन फुटबल क्लबहरुको धर्ना

Nagarik Sewa 3502+ समाचार ( )
५ मंगशिर २०८२, बिहीबार

काठमाडौं। ए डिभिजन फुटबल क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय अगाडि धर्ना दिएका छन्। एन्फाले आजै बिहान १० बजेका लागि क्लबहरुलाई छलफलमा बोलाएको छ । तर क्लबहरु भने बिहान ९ बजेदेखि नै धर्नामा बसेका हुन् ।

एन्फा र क्लबबीच भएको सहमति पूरा गर्नुपर्ने, लिगको एक वर्षको साइकल पूरा गर्नुपर्ने एएफसी क्लब लाइसेन्स लागू गर्नुपर्ने लगायत माग राखेर ए डिभिजनका क्लबका प्रतिनिधिहरुले एन्फा गेट अगाडि धर्ना दिएका हुन् ।

‘लिगको स्थायित्व र व्यवस्थित होस् भन्ने हाम्रो चाहना हो । तर अहिले के हल्ला चलिरहेको छ भने कहिले राष्ट्रिय लिग गर्ने भन्ने, कहिले शहिद स्मारक ए डिभिजन लिग गर्ने भन्ने छ । तर राष्ट्रिय लिग पनि हुनुपर्छ, ए डिभिजन लिग पनि हुनुपर्छ, बी डिभिजन लिग पनि हुनुपर्छ । एक वर्षभित्र लिगको साइकल पूरा हुनुपर्छ,’ हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार