नवलपरासी। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारा पुल भाँचिदा नारायणगढ—बुटवल सडक खण्ड अवरुद्ध भएको छ । वीरेन्द्रनगरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २१३१ नं.को बस बिग्रेको(पट्टा भाँचिएको)कारण दिउँसो राजमार्ग एकतर्फी भएको थियो ।

मध्यबिन्दु नगरपालिका–७ चोरमारा बजारको पश्चिम तर्फ रहेको गिरुबारी पुलको पूर्वतर्फको बायाँ भाग भाँचिदा पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको हो । लोड गाडी पुलबाट पास हुने क्रममा पुल लच्किएर डेढ फिट तल झरेको प्रहरीले जनाएको छ । पुल भाँचिएपछि पूर्व–पश्चिम हिँडेका सवारी साधन चोरमारा र अरुणखोलामा रोकिएको प्रहरीले जनाएको छ ।