मुख्य समाचार
पुँजीवादी व्यवस्थालाई बदल्नुपर्नेमा अध्यक्ष नेपालको जोड | प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने | समाजवादी मोर्चा माओवादीलाई सरकारमा जान बनाइएको टेको नभएको प्रचण्डको दाबी | पेट्रोलियम पदार्थको मूल्यमा गिरावट | बिआरआई अवधारणा नेपालको सर्वोत्तम हितमा रहेको झलनाथ खनालको दाबी | कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने अभियानमा लागेको महासचिव चन्दको भनाई | उमन्स डे कप टी २० श्रृंखलामा नेपालले हङकङलाई हरायो | नेकपा एसको आन्दोलनको कार्यक्रम सार्वजनिक | तोलामा ४ हजारले बढ्यो सुनको मूल्य | वैदेशिक शिक्षा तथा भाषा परीक्षाका अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५०% छुट |

एमालेनिकट युवासंघले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने

Nagarik Sewa 1242+ समाचार ( )
२७ पौष २०८१, शनिबार

काठमाडौं ।  सत्तारुढ दल नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ, नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

संघले आज विशेष सर्कुलर जारी गर्दै आगामी दिनमा संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको लागि ७७ वटै जिल्लाबाट उपस्थित प्रतिनिधिको उपस्थितीमा विशेष रणनीति बनाउने जनाएको छ । वर्तमान समयमा युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरु खोज्ने भएको हो । संघले आगामी दिनमा शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशीता र निवनतामा आधारिकत योजनाहरु तर्जुमा गर्दै युवालाई नीति निर्माणमा सहभागी गराउने रणनीति बनाउने भएको छ ।

संघका महासचिव सुमन पुरीले जारी गर्नुभएको विशेष सर्कुलरमा भनिएको छ, ‘राष्ट्रिय युवा संघ, केन्द्रीय कमिटीको आयोजनामा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको छ, जसको मूख्य लक्ष्य शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशिता र नविनतामा आधारित योजनाहरुलाई अगाडी सार्दै युवालाई नीति निर्माणमा सहभागिता गराउने रहेको छ । तसर्थः उक्त कार्यक्रमको लागि तपशिल बमोजिमको मिति, स्थान र समय तथा प्रतिनिधिहरु छनोट गरि माघ ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन हुन मातहतका सम्पूर्ण कमिटीहरुलाई निर्देशन गरिएको छ ।’

संघले भेलाको लागि करिव १७ सय ५० जनाभन्दा बढी प्रतिनिधिहरु उपस्थित हुने जनाएको छ । प्रतिनिधिहरुमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय विज्ञ परिषद्, केन्द्रका ३५ विभागबाट पाँच पाँचजना, आठ वटा प्रदेश कमिटीका पदाधिकारी, साईवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख, ७७ जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटीको साईवर सर्कल विभाग प्रमुख, विज्ञ युवा परिषद् प्रमुख, महिला विभाग प्रमुख, युथफोर्स विभाग प्रमुख तथा प्रचार विभाग प्रमुख तथा काठमाडौँ उपत्यकाका सम्पूर्ण पालिका अध्यक्षहरु प्रतिनिधि हुने संघका प्रबक्ता निरोज पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै