निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको छः प्रधानमन्त्री कार्की

Nagarik Sewa 4431+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका विभिन्न जिल्लाहरूको स्थलगत भ्रमण र निरीक्षणपश्चात निर्वाचनको वातावरण उत्साहजनक र शान्तिपूर्ण रहेको बताउनुभएको छ। मोरङ र सुनसरीसहित पूर्वी तराई र पहाडी जिल्लाहरूको भ्रमणपछि प्रधानमन्त्रीले तराईमा सुरक्षा संवेदनशीलता र पहाडमा भौगोलिक विकटता मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभएको हो।

नाम्चे र सल्लेरी जस्ता हिमाली तथा पहाडी क्षेत्रमा सुरक्षा निकाय र जनप्रतिनिधिहरूसँग गरिएको छलफलले निर्वाचनका लागि वातावरण अनुकूल रहेको पुष्टि गरेको उहाँको भनाइ छ। तराईका केही स्थानमा जनसंख्याको चापका कारण सामान्य हुलदङ्गा र बुथ कब्जा हुनसक्ने सम्भावना रहे पनि समग्रमा सुरक्षा स्थिति नियन्त्रणमै रहेको जिकिर गर्नुभया । 

पहाडमा भने ढुवानी र निरीक्षणमा भौगोलिक कठिनाइ भएपनि शान्तिपूर्ण वातावरण देखिएको उहाँको भनाइ छ। उहाँले निर्वाचन आयोग र गृह मन्त्रालयले मौसमविद्हरूसँग नियमित समन्वय गरिरहेको र फागुनको तेस्रो हप्तासम्म मौसम अनुकूल रहने प्रक्षेपण गरिएकाले हिमपातको जोखिम कम रहेको बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार