राष्ट्रिय टोपी दिवस दौड २०८२ आयोजना

Nagarik Sewa 4806+ समाचार ( )
२७ पौष २०८२, आइतबार

काठमाडौं। नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको सम्मानमा आज ललितपुरको पाटनमा  ‘हाम्रो टोपी, हाम्रो एकता’ भन्ने मूल नाराका साथ  ‘राष्ट्रिय टोपी दिवस दौड २०८२’ आयोजना गरिएको छ। हिमालयन रनिङ क्लब (द हल्का रनर्स) ले उक्त दौड प्रतियोगिता आयोजना गरेको हो। 

नेपाली संस्कृति र मौलिकतालाई खेलकुदको माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन रनिङ क्लबका अध्यक्ष शहदेव व्यञ्जनकारले जानकारी दिए। उक्त दौड प्रतियोगिता पाटन दरबार स्क्वायरको मंगलबजारबाट सुरु भई करिब ४.५ र ८ किलोमिटर दूरी तय गरिएको थियो। राष्ट्रिय टोपी दिवसको अवसरमा आयोजना गरिएको यस दौडले युवा पुस्तामा नेपाली टोपीप्रतिको मोह जगाउनुका साथै स्वास्थ्य र एकताको सन्देश दिने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार