काठमाडौं। भारत–पाकिस्तान तनावका कारण स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का बाकी खेल मे २७ देखि फेरि सुरु हुने भएको छ । लिग चरणका बाँकी १३ खेलहरु ६ स्थानमा खेलाइनेछ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले आगामी शनीवारदेखि सन्चालन हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो। मे १७ मा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल हुनेछ। फाइनल खेल जुन ३ मा हुने तालिका छ । यसअघि गत बिहिवार सुरक्षा कारण पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको थियो।