माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ मा बस्ने

Nagarik Sewa 4376+ समाचार ( )
२८ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गते बस्ने भएको छ । शुक्रबार बसेको पार्टीको स्थायी समिति बैठकले पुस २१ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको हो ।

यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । उक्त बैठकको तयारीका लागि पुस १८, १९ र २० गते लगातार तीन दिन स्थायी समिति बैठक बस्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटालेपनि सापकोटाले बताउनुभयो ।

‘त्यसको तयारीका लागि स्थायी समितिको बैठक १८ , १९ र २० गते बस्ने निर्णय भएको छ,’ उहाँले भन्नुभयो । खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनिएपनि त्यो हुन नसकेपछि तयारीसहित अब २१ गते बस्न लागेको उहाँले बताउनुभयो।

‘हामीले पहिले खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनेका थियौं । त्यो विविध कारणले हुन सकेको छैन । अब राम्रो तयारीका साथ केन्द्रीय समितिको बैठक बस्दैछ,’ सापकोटाले भन्नुभयो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार