एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूद्वारा प्रदर्शन

Nagarik Sewa 4577+ समाचार ( )
१६ असार २०८३, मङ्गलबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (टीयू–आईओएम) अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रणालीमा सुधारको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। मंगलबार विद्यार्थीहरूले विभिन्न ६ बुँदे माग अघि सार्दै लामो समयदेखि लागू हुँदै आएको शैक्षिक प्रणालीले आफूहरूलाई अतिरिक्त मानसिक दबाब र शैक्षिक अन्यायमा पारेको भन्दै तत्काल सुधार गर्नुपर्ने माग गरेका हुन् ।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले १९ वर्ष पुरानो पाठ्यक्रम तथा परीक्षा प्रणाली परिवर्तन गर्न, ‘ब्याच ड्रप’ प्रणाली खारेज गर्न तथा परीक्षामा वस्तुगत र विषयगत दुवै प्रकारका प्रश्न समावेश गर्नुपर्ने माग गरेका छन् ।उनीहरूले परीक्षाको तालिका व्यावहारिक बनाउँदै पर्याप्त तयारी समय सुनिश्चित गर्नुपर्ने, पहिलो वर्षमा आठ पटक र दोस्रो वर्षमा छ पटकसम्म परीक्षा दिने अवसर उपलब्ध गराउनुपर्ने तथा परीक्षामा प्रयासको संख्या वृद्धि गर्नुपर्ने माग पनि गरेका छन् ।

प्रदर्शनका क्रममा उनीहरूले आफ्ना माग तत्काल सम्बोधन गरी परीक्षा प्रणालीलाई समयानुकूल, वैज्ञानिक र विद्यार्थीमैत्री बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै