४.५९ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4849+ समाचार ( )
२४ पौष २०८२, बिहीबार

काठमाडौं। सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.५९ अंकले बढेर २६४०.५४ अंकमा उक्लेको छ। अघिल्लो दिनको तुलनामा बिहीबारको नेप्से ०.१७ प्रतिशतले बढी हो। 

बिहीबार कारोबारमा आएकामध्ये १२९ कम्पनीको सेयर मूल्य बढ्यो, ११५ कम्पनीको मूल्य घट्यो र १५ कम्पनीको स्थिर रहयो । यसदिन सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनीको संख्या कम भएकाले समग्र नेप्से सामान्य अंकले बढेको हो ।

बिहीबार दिन कुल ६९ हजार २६१ पटकको सेयर कारोबारमा १ करोड ४ लाख ३१ हजार ७ सय ६० कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । गत बुधबार सेयर बजारमा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र लघुवित्त वित्तीय संस्थाको परिसूचक घटे । बाँकी सबै उपसमूहको परिसूचक बढेपछि समग्र नेप्से सामान्य अंकले बढेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै