पूर्वराजा शाहको जन्मोत्सवका अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला

Nagarik Sewa 4692+ समाचार ( )
२३ असार २०८२, सोमबार

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औँ जन्मोत्सव अवसरमा शुभकामना दिनका लागि निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ। जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उहाँको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । 

जसअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिएको हो। सो समयमा राजावादी संघ संगठनका साथै सर्वसाधारणसमेत पूर्वराजालाई शुभकामना दिनका लागि लामबद्ध देखिन्छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार