दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो

Nagarik Sewa 3506+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

काठमाडौं। प्रहरीले दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक प्रसाईंलाई बुद्ध एयरको जहाजमा शुक्रबार मध्याह्न भद्रपुरबाट काठमाडौं ल्याइएको हो ।  

सुरक्षा स्रोतका अनुसार उनलाई शुक्रबार बिहान प्रदेश नम्बर १–०१–००२ च ३७९३ गाडीमा भारततर्फबाट नेपाली क्षेत्रमा ल्याइएको थियो ।  बिहान १० बजेर ७ मिनेटमा उनलाई सीमा क्षेत्रमा ल्याइएको बताइएको छ । तर, प्रहरीले भने उनलाई शुक्रबार नै भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ । यसअघि प्रसाईंको सचिवालयले उनले आसाम प्रहरी समक्ष आत्मसमर्पण गरेको बताएको थियो । 

नेपाल र भारतबीचमा सुपुर्दगी सन्धि नभएकाले एकअर्काको देशमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास रहँदै आएको छ । अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने र लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने अभ्यास रहिआएअनुसार प्रसाईंको हकमा पनि सोही भएको बताइएको छ । 

तर, प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको दाबी गरे ।  चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।  प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार