काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा भएको छ । शुक्रबार परराष्ट्र मन्त्रायलले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको त्यसतर्फ जानुभन्दा तीन दिनअघि मात्र चारदिने चीन भ्रमणको घोषणा गरेको हो ।
ओली १७ गते चीन प्रस्थान गर्नेछन् भने २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । साथै, उहाँ अन्य कार्यक्रममा पनि सहभागी हुनुहुनेछ । यसअघि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस भ्रमणका लागि स्वीकृति दिएको थियो ।