देवानगञ्जमा भएको घटनाको विरोधमा सुनसरी-मोरङका विभिन्न स्थानमा प्रदर्शन

Nagarik Sewa 4651+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

काठमाडौं । देवानगञ्जमा भएको घटनाको विरोधमा सुनसरी–मोरङका विभिन्न स्थानमा प्रदर्शन जारी छ ।  मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्गको लौकही–कोसी ब्यारेज खण्डकेन्द्रित भएका प्रदर्शनकारीले सडकमा टायर बाल्नुका साथै यातायात सञ्चालनमा अवरोध गरेका छन् । सप्तकोसी नदीले कटान गरेको क्षेत्रमा केहीबेरदेखि तनाव कायम रहेको छ । 

कोसी कटान क्षेत्रमा आएको एउटा समूहले स्थानीय पसलहरूमा समेत तोडफोड र आगजनी गरेको छ ।  त्यहाँ उपेन्द्र मण्डल, अनिल महत्मान, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव, सरजुग यादव र रणकुमार श्रेष्ठ लगायतको पसलमा आगजनी तथा तोडफोड भएको बताइएको छ । अहिले त्यो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

निषेधाज्ञाका बाबजुद सुनसरीका विभिन्न स्थानमा प्रदर्शनहरू भइरहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार