प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबिच भेटवार्ता

Nagarik Sewa 4680+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न प्रसाईँलाई आग्रह गर्नुभएको छ।

प्रधानमन्त्रीले जनतामा गएर आफ्नो मुद्दा अनुमोदन गराउन समेत प्रसाईंलाई सुझाउनुभयो। नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्ने माग अघि सार्दै आएका प्रसाईंलाई जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प बताउनुभएको छ। मुलुक निर्वाचनमा होमिइसकेकाले यो अवसरको प्रसाईंले पनि उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । 

प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिनुभयो। 


 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार