मुख्य समाचार
अराजकताबाट जन्मिएको वर्तमान सरकार लोकतान्त्रिक हुन सक्दैनः अध्यक्ष ओली | निर्वाचनका लागि केपी ओली एकमात्र वाधक हुन्ः घनश्याम भुसाल | तोलामा ५ सयले घट्यो सुनको मूल्य | निर्वाचन आयोगद्वारा प्रतिनिधि र राष्ट्रियसभा निर्वाचनका लागि दर्ता गर्न आव्हान | लुम्बिनी प्रदेश प्रमुख घर्तीद्वारा सातौं हिउँदे अधिवेशन आह्वान | सार्वजनिक निकायबाट सम्पादन हुने काम निगरानी तथा अनुगमन गर्न प्रधानमन्त्री कार्कीको निर्देशन | ०.३१ अंकले बढ्यो नेप्से | रेसुङ्गा विमानस्थलमा हप्तामा ४ पटक हवाई उडान सुरु | जेनजी आन्दोलनका क्रममा भागेका ५ हजार १३ जना कैदीबन्दी अझै फरार | पोर्चुगलको कामदार भिसा बन्द |

अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलनको तयारी पूरा

Nagarik Sewa 3444+ समाचार ( )
४ जेठ २०८२, शनिबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) केन्द्रिय समितिको सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

सङ्घले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

“समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गरौँ” भन्ने नाराका साथ सम्मेलन हुन लागेको सङ्घकी अध्यक्ष जयन्ती राईले जानकारी गराउनुभयो । उहाँले आगामी शनिवार देखि आईतवारसम्म चल्ने उक्त सम्मेलनमा देशभरबाट ५ सय ९८ जना प्रतिनिधिहरूको सहभागिता रहने बताउनुभयो ।

उहाँले सम्मेलनको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत शिर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ । साथै सम्मेलनको उद्घाटन सत्रमा नेपाली कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गरिने सङ्घले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार