मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

जेलेन्स्की रूसी राष्ट्रपति पुटिनसँग वार्ताका लागि तयार

Nagarik Sewa 4669+ समाचार ( )
२९ वैशाख २०८२, सोमबार

काठमाडौं। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको र आफू बिहीबार टर्कीको इस्तानबुलमा पुटिनको पर्खाइमा बस्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तुरुन्तै टर्कीमा रूससँग प्रत्यक्ष वार्तामा जान आग्रह गरेलगत्तै जेलेन्स्कीले यो प्रस्ताव आफ्नो सामाजिक सञ्जाल एक्सको एक पोस्टबाट सार्वजनिक गरेका हुन् ।

जेलेन्स्कीले लेखेका छन्, ‘अब थप ज्यान गुमाउनुको कुनै अर्थ छैन। म बिहीबार पुटिनलाई टर्कीमा व्यक्तिगत रूपमा भेट्न तयार छु।’ जेलेन्स्कीले यसअघि युक्रेन वार्ताको लागि तयार रहेको स्पष्ट पारिसकेका छन् । उनले त्यसका लागि पूर्ण युद्धविराम पूर्वशर्त रहेको बताउँदै आएका छन् ।

पुटिनसँग प्रत्यक्ष वार्ताको यो प्रस्ताव ट्रम्पको प्रतिक्रियापछि आएको हो। ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘कम्तीमा शान्ति सम्झौता सम्भव छ कि छैन भन्ने त थाहा हुन्छ । यदि छैन भने अमेरिका र युरोपेली देशहरूले अब के गर्ने भनेर निर्णय गर्न सक्छन्। अहिल्यै वार्ता गर।’

शनिबार राति रूसी राष्ट्रपति पुटिनले पनि युक्रेनलाई  ‘गम्भीर वार्ता’ को लागि आमन्त्रण गरेका थिए। रूस–युक्रेन युद्ध सन् २०२२ मा सुरु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार