काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन्। प्रस्ताव अघि बढाउने तयारी अनुसार कांग्रेस र एमालेले सांसदहरूलाई हस्ताक्षर गराएका छन ।त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेका छन्।
बिहानैदेखि सांसदहरू कार्यालयमा आएर धमाधम हस्ताक्षर गर्दै फर्किरहेका छन्। हस्ताक्षर दिउँसो दुई बजेसम्म चल्नेछ। रानाका विषयमा छलफल गर्न कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।
उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ ।यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।