काठमाडौं। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैँयाले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।